लूकाको सुसमाचार 9:22 - सरल नेपाली पवित्र बाइबल22 अनि तिनीहरूलाई कुरा बुझाउँदै भन्नुभयो, “मानव पुत्रले धेरै दु:ख भोग्नुपर्छ। अगुवा, मुख्य पूजाहारी र धर्म-गुरुहरूले उसलाई मान्नेछैनन् अनि मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ।” Viz kapitolaपवित्र बाइबल22 त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै कष्टहरू सहनुपर्छ। प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा फेरि जीवित भई उठ्नुपर्छ।” Viz kapitola |