लूकाको सुसमाचार 7:9 - सरल नेपाली पवित्र बाइबल9 यो कुरा सुनेर येशू छक्कै पर्नुभयो अनि आफ्ना पछि लागेका मानिसहरूका हुलतिर हेरेर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्छु, यति ठूलो विश्वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यो कुरा सुनेर येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले इस्राएलमा पनि यस्तो ठूलो विश्वास देखेको छैनँ।” Viz kapitolaपवित्र बाइबल9 जब येशूले यी कुरा सुन्नु भयो, उहाँ छक्क पर्नु भयो। येशूले उहाँलाई पछ्याएर आउने मानिसहरू पट्टि फर्केर भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले यस्तो विश्वास सारा इस्राएलमा कतै पनि पाइँन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यो सुनेपछि येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यस्तो ठूलो विश्वास इस्राएलीहरूमा पनि देखेको छैनँ।” Viz kapitola |