लेवीहरू 14:17 - सरल नेपाली पवित्र बाइबल17 हत्केलामा बचेको केही तेल र पाठोको केही रगत लिएर उसले जुन मानिसलाई विधिअनुसार शुद्ध भनी ठहराउनुपर्छ, त्यसका दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढी औँलामा लगाइदेओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अनि पूजाहारीले आफ्नो हातमा रहेको तेलबाट केही लिएर त्यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, त्यसको दाहिने हातको बूढ़ी-औँलो र त्यसको दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगतमाथि लगाइदेऊन्। Viz kapitolaपवित्र बाइबल17 हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 पुजारीले आफ्नो हत्केलामा उब्रेको तेलबाट केही तेल शुद्ध हुनपर्ने व्यक्तिको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा दोषबलिको रगतको माथिल्लोपट्टि छर्किदेओस्। Viz kapitola |