लेवीहरू 13:4 - सरल नेपाली पवित्र बाइबल4 त्यो घाउ सेतो छ तर चारैतिरका छालाभन्दा गहिरो देखिने भएको छैन र त्यसका रौँहरू सेता भएका छैनन् भने पूजाहारीले त्यसलाई सात दिनसम्म अलग छुट्ट्याएर राखोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर त्यो दाग छालामा सेतो भए, र हेर्दा त्यो छालाभित्रसम्म देखिएन भने, र त्यसमा उम्रेको रौँ पनि सेतो भएको रहेनछ भने, पूजाहारीले त्यस रोगीलाई सात दिनसम्म अलग्गै राखून्। Viz kapitolaपवित्र बाइबल4 “तर यदि त्यो दाग उसको शरीरको छालामाथि चहकिलो दाग मात्र हो अनि त्यो छालाभन्दा गहिरो छैन अनि रौं पहिल्यै फुलेको छैन तब पूजाहारीहरूले उसलाई सात दिनसम्म अरू मानिसहरूदेखि अलग्गै राख्नु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसको छालाको दाग सेतो छ, तर छालाभन्दा गहिरो देखिँदैन र त्यसमा भएको रौँ सेतो भएको छैन भने पुजारीले त्यस्ता रोग लागेको व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्। Viz kapitola |