विलाप 2:4 - सरल नेपाली पवित्र बाइबल4 शत्रुले झैँ उहाँले हामीलाई हान्न आफ्नो धनुमा ताँदो चढाउनुभएको छ। हामीलाई मनपर्ने र आनन्द दिने सबैलाई उहाँले नष्ट गर्नुभएको छ। हामी यहाँ यरूशलेममा भएकाहरूले उहाँको बल्दो रिसलाई थाहा गरेका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 शत्रुले झैँ उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुभएको छ, विरोधीझैँ उहाँ खड़ा हुनुभएको छ। आँखालाई मन पर्ने जति कुरा प्रिय थिए, ती सबैलाई उहाँले शत्रुलाई झैँ घात गर्नुभएको छ। सियोनकी छोरीको पालमा उहाँले आफ्नो रीस आगोझैँ पोखाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले आफ्ना शत्रुहरूले झैं आफ्नो धनुमा ताँदो चढाउनुभयो। उहाँले दाहिने हातले काँड तयार पार्नुभयो। उहाँले यहूदाका सबै राम्रा मानिसहरूलाई मार्नु भयो। परमप्रभुले उनको आफ्नो शत्रुलाई झैं हत्या गर्नुभयो। परमप्रभुले आफ्नो रिस सियोनको पालमाथि खनाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले शत्रुले जस्तै आफ्नो धनुमा ताँदो चढाउनुभएको छ; निशाना लगाउन उहाँको दाहिने हात तयार छ। उहाँले आफ्ना नजरमा प्रिय ठानेकाहरूलाई शत्रुलाई झैँ संहार गर्नुभयो; उहाँले सियोनकी छोरीको पालमा आफ्नो रिस आगोजस्तै बर्साउनुभएको छ। Viz kapitola |