यहोशूको पुस्तक 2:4 - सरल नेपाली पवित्र बाइबल4-6 त्यसले उत्तर दिई, “कोही मानिसहरू मेरो घरमा आए तर तिनीहरू कहाँबाट आएका थिए, त्यो म जान्दिनँ। घाम डुब्दा सहरका मूल-ढोका बन्द हुनुअघि तिनीहरू गइहाले। तिनीहरू कता गए, मैले सोधिनँ, तर झट्टै पछ्याएमा तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।” (राहाबले दुई जासूसलाई घरका कौसीमा लगी त्यहाँ राखेका सनपाटका डाँठहरूका बीचमा लुकाएकी थिई।) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई। त्यसले भनी, “हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन। Viz kapitolaपवित्र बाइबल4 स्त्रीले दुइ मानिसहरूलाई लुकाई र भनी, “हो दुइ मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर त्यस स्त्रीले ती दुई पुरुषहरूलाई लुकाएकी थिई। त्यसले भनी, “हो, ती पुरुषहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् भन्ने कुरा मलाई थाहा भएन। Viz kapitola |