योनाको पुस्तक 4:2 - सरल नेपाली पवित्र बाइबल2 अनि उनले यसरी प्रार्थना गरे, “परमप्रभु, तपाईंले यस्तै नै गर्नुहुन्छ भनेर मैले घरबाट निस्कनुअघि नै भनेको थिइनँ र? त्यही कारणले मैले तर्शीशमा भागी जाने सक्दो चेष्टा गरें। तपाईं प्रेमी, कृपालु, सदा धीरजी, सदा दयालु परमेश्वर हुनुहुन्छ, तपाईंले आफ्नो मन बदल्नुहुन्छ र दण्ड दिनुहुन्न भनी म जान्दथें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि तिनले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, म आफ्नो घरमा छँदै के मैले यही कुरा भनेको थिइनँ र? यसैकारणले त तर्शीशमा भागेर जान मैले आतुरी गरेको थिएँ। तपाईं अनुग्रहकारी र करुणामय, रीस गर्नमा धैर्यवान्, दयामा प्रशस्त, र दु:ख दिनुमा बेखुशी हुनुहुने परमेश्वर हुनुहुन्छ भनी मैले जानेको थिएँ। Viz kapitolaपवित्र बाइबल2 उनले परमप्रभुलाई आरोप गर्दै भने, “मलाई थाहा थियो तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। म त आफ्नो देशमा थिएँ, तपाईंले नै यहाँ बोलाएर ल्याउनु भयो। त्यसै समय मलाई थाहा थियो, तपाईंले यो पापी शहरलाई बचाउनु हुनेछ। मैले त्यसैबेला तर्शिश तिर भागेर जाने कोशिश गरेको थिएँ। मलाई थाहा थियो तपाईं एक दयालु परमेश्वर हुनुहुन्छ भनेर। मलाई थाहा थियो तपाईं करुणामय हुनुहुन्छ भनेर अनि मानिसलाई दण्ड दिन चाहनु हुन्न। मलाई थाहा थियो कि तपाईं दयापूर्ण हुनुहुन्छ। मलाई ज्ञान थियो यदि यिनीहरूले पाप गर्न छोडे भने तपाईंले यिनीहरूको विनासको योजना बद्ली गर्नु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले याहवेहलाई यसरी प्रार्थना गरे, “हे याहवेह, म घरमा हुँदा नै मैले यो कुरा भनेको थिइनँ र? त्यसैले म तर्शीशतिर भागेर जान हतारिएको थिएँ। मलाई थाहा थियो, कि तपाईं अनुग्रहकारी, दयालु, रिसाउनमा ढिलो र प्रेममा भरिपूर्ण परमेश्वर हुनुहुन्छ, जो विपत्ति पठाउनुहुँदा खुशी हुनुहुन्न। Viz kapitola |