यर्मिया 6:1 - सरल नेपाली पवित्र बाइबल1 हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट निस्केर भाग! तकोमा तुरही बजाओ र बेथ-हक्केरेममा आगो सल्काई धुवाँको सङ्केत दिने व्यवस्था गर! उत्तरबाट विपत्ति र विनाश आउन लागेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “हे बेन्यामीनका मानिसहरू हो, सुरक्षाको निम्ति भाग, यरूशलेमबाट भाग! तकोमा तुरही बजाओ! बेथहक्केरेममाथि सङ्केतबाट इशारा देओ! किनकि उत्तर दिशादेखि नाश, ठूलो सर्वनाश घेरेर आउँदैछ। Viz kapitolaपवित्र बाइबल1 “हे बिन्यामिनी हो, आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हे बेन्यामीनीहरू हो, सुरक्षाको निम्ति यरूशलेमबाट भाग! तको सहरमा तुरही फुक! बेथ-हक्केरेममा खतराको सङ्केत देओ! किनकि उत्तर दिशाबाट विपत्ति, डरलाग्दो विनाश आउँदैछ। Viz kapitola |