यर्मिया 52:31 - सरल नेपाली पवित्र बाइबल31 जुन वर्ष एबील-मरोदक बेबिलोनका राजा भए, त्यही वर्ष उनले यहूदाका राजा यहोयाकीनमाथि दया देखाए र उनलाई कैदबाट मुक्त गरिदिए। यहोयाकीन कैदमा लगिएपछि सैंतीसौं वर्षको बाह्र महिनाको पच्चीसौं दिनमा उनी कैदबाट छोडिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 यहूदाका राजा यहोयाकीन निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा एबील-मरोदक बेबिलोनका राजा भए। बाह्रौँ महिनाको पच्चीसौँ दिनमा उनले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरिदिए। Viz kapitolaपवित्र बाइबल31 यहूदाका राजा यहोयाकीनले बाबेलमा सैंतीस बर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस बर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही बर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यहूदाका राजा यहोयाकीनलाई निर्वासनमा लगिएको सैँतीसौँ वर्षमा, एबील-मरोदक बेबिलोनको राजा भएको वर्षमा तिनले बाह्रौँ महिनाको पच्चीसौँ दिनमा यहूदाका राजा यहोयाकीनलाई निकाले र झ्यालखानाबाट मुक्त गरिदिए। Viz kapitola |