यर्मिया 52:25 - सरल नेपाली पवित्र बाइबल25 सहरबाट उनले फौजका अधिकृत, बाँकी रहेका सात जना राजाका सल्लाहकारहरू र फौजी कागत-पत्र राख्ने उनका सहायक र अरू साठी जना मुख्य मानिसहरूलाई पनि लिएर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 सहरमा अझै रहेकाहरूमा सिपाहीहरूमाथि खटिएका एक जना अधिकृत र राजाका सात जना सल्लाहकारहरूलाई उनले लगे। देशका मानिसहरूलाई सेनामा भर्ना गर्ने मुख्य अधिकृत-सचिव र सहरमा भेट्टाइएका तिनका साठी जना पुरुषलाई पनि उनले लगे। Viz kapitolaपवित्र बाइबल25 तिनले यरूशलेममा भेटिएका राजाका सेनाहरूका अफिसर अनि राजाका सातजना सल्लाहकारहरूलाई पनि लगे। तिनले अधिकारीहरूका सचिव जसले मानिसहरूको नाउँ सेनामा लेखाउँथे तिनलाई, त्यस ठाउँमा भेटिएका मानिसहरू र शहरमा भेटिएका साठ्ठी जना पुरूषहरूलाई पनि लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 सहरमा अझ रहेकाहरूमध्ये तिनले लडाकु मानिसहरूका अधिकृत र सात जना राजकीय सल्लाहकारहरूलाई पनि लगे। तिनले देशका मानिसहरूलाई सेनामा तयार गर्ने प्रमुख अधिकारी प्रधान सचिवसहित, सहरमा भेट्टाइएका साठी जना मानिसहरूलाई पनि लगे। Viz kapitola |