यर्मिया 51:56 - सरल नेपाली पवित्र बाइबल56 तिनीहरू बेबिलोन नष्ट गर्न आएका छन्; बेबिलोनका सेनाहरू पक्राउ परेका छन् र तिनीहरूका धनुहरू भाँचिएका छन्। दुष्टलाई दण्ड दिने म परमप्रभु हुँ र म बेबिलोनलाई उचित प्रतिफल दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 सर्वनाश गर्ने बेबिलोनको विरुद्धमा आउनेछ, त्यसका योद्धाहरू पक्राउ पर्नेछन्, र तिनीहरूका धनु टुक्रा-टुक्रा पारिनेछन्, किनकि परमप्रभु बदला लिने परमेश्वर हुनुहुन्छ। उहाँले पूरै प्रतिफल दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल56 सेना आउने छ अनि बाबेल नष्ट पार्नेछ। बाबेलका सिपाहीहरू तितर-बितर हुनेछन् तिनीहरूका धनुहरू भाँचिने छन्। किनभने परमप्रभु परमेश्वर हुनुहुन्छ जसले परिशोधन माँग गर्नुहुन्छ। उहाँले निश्चय तिनीहरूलाई चुक्त पारिदिनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 बेबिलोनको विरुद्धमा एउटा विनाशकर्ता आउनेछ; त्यसका योद्धाहरू कब्जा गरिनेछन्; अनि तिनीहरूका धनुकाँडहरू भाँचिनेछन्। किनकि याहवेह उचित प्रतिफल दिनुहुने परमेश्वर हुनुहुन्छ; उहाँले पूर्ण रूपमा दण्ड दिनुहुनेछ। Viz kapitola |