यर्मिया 51:37 - सरल नेपाली पवित्र बाइबल37 त्यो देश भत्केर थुप्रेको रास बन्नेछ, जहाँ जङ्गली जनावरहरूले बास गर्नेछन्। त्यो हेर्दा डरलाग्दो ठाउँ हुनेछ र त्यहाँ कसैले बास गर्नेछैन। त्यसलाई देख्ने हरेक मानिस भयभीत हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 बेबिलोनचाहिँ भग्नावशेषको ढेर र स्यालहरूको अखड़ा, कोही मानिस नबस्ने ठाउँ, र त्रास र गिल्लाको पात्र हुनेछ। Viz kapitolaपवित्र बाइबल37 बाबेल मन्दिरहरूका भग्नावशेषहरूको थुप्रो मात्र भएको छ। अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाऊँ बनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 बेबिलोन भग्नावशेषको थुप्रो हुनेछ; स्यालहरूको ओडार हुनेछ; त्रास र गिल्लाको पात्र, कोही पनि नबस्ने एउटा उजाड ठाउँ हुनेछ। Viz kapitola |