यर्मिया 51:11 - सरल नेपाली पवित्र बाइबल11 परमप्रभुले बेबिलोनलाई नाश गर्ने इच्छा गर्नुभएको कारण मादीका राजाहरूलाई सुर्याउनुभएको छ। उहाँको मन्दिर नाश पारिएको सट्टामा उहाँले त्यसरी बदला लिनुहुनेछ। अनि हमला गर्ने अफिसरहरू कराउँछन्, “तिम्रा काँडहरू तिखार! ढालहरू तयार पार! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “काँड़ तिखार! ढालहरू लेओ। परमप्रभुले मादीहरूका राजाहरूलाई सुर्याउनुभएको छ, किनभने बेबिलोनलाई नाश गर्नु नै उहाँको अभिप्राय छ। परमप्रभुले बदला लिनुहुनेछ, आफ्नो मन्दिरको निम्ति बदला। Viz kapitolaपवित्र बाइबल11 काँडहरू तीखो पार ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “धनुकाँडहरू तीखा पार! ढालहरू उठाओ! याहवेहले मादीका राजाहरूलाई उक्साउनुभएको छ; किनकि उहाँको उद्देश्य बेबिलोनलाई नष्ट गर्नु हो। याहवेहले बदला लिनुहुनेछ; उहाँको मन्दिर नष्ट गर्नेहरूलाई बदला लिनुहुनेछ। Viz kapitola |