यर्मिया 50:6 - सरल नेपाली पवित्र बाइबल6 “मेरा प्रजा ती भेडाहरूजस्ता छन्, जसलाई तिनीहरूका गोठालाहरूले पहाडतिर लगेर बाटो बिराउन लाएका छन्। भेडाहरूझैँ तिनीहरू एउटा पहाडदेखि अर्को पहाड गर्दै बरालिएका छन् र आफ्नो बासस्थान कहाँ हो, सो भुलेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “मेरा प्रजा हराएका भेड़ाझैँ भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिएका छन्, र पहाड़मा तिनीहरूलाई घुम्न लगाएका छन्। तिनीहरू डाँड़ातिर र पहाड़तिर घुम्न लागे र तिनीहरूले आफ्नो गोठलाई भुले। Viz kapitolaपवित्र बाइबल6 “मेरो मानिसहरू हराएका भेंडा जस्तै भएका छन्। तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुमार्गमा डोर्याए। तिनीहरूका अगुवाहरूले तिनीहरूलाई, पर्वत र पहाडहरूमा लक्ष्यहीन घुमी हिडने बनाए। यसर्थ तिनीहरूले आफ्ना मूल वासस्थान पनि बिर्सिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “मेरा मानिसहरू हराएका भेडाहरूजस्तै भएका छन्; तिनीहरूका गोठालाहरूले तिनीहरूलाई कुबाटोतिर लगाएका छन्, र पर्वततिर डुलिहिँड्ने बनाइदिएका छन्। तिनीहरू डाँडा र पहाडतिर बरालिएका छन्, र तिनीहरूले आफ्ना बासस्थानलाई बिर्सेका छन्। Viz kapitola |