यर्मिया 50:5 - सरल नेपाली पवित्र बाइबल5 तिनीहरूले सियोन जाने बाटो सोध्छन् र त्यतातिर जानेछन्। तिनीहरूले मसित सदाकालको निम्ति एउटा करार बाँध्नेछन् र त्यो कहिल्यै तोड्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “तिनीहरूले सियोनतिर जाने बाटो कुन हो भनी सोध्नेछन् र आफ्ना मोहड़ा त्यतैतिर फर्काउनेछन्। तिनीहरू आएर स्वयम् परमप्रभुकहाँ कहिल्यै नर्बिसने अनन्तको करारमा बाँधिनेछन्। Viz kapitolaपवित्र बाइबल5 ती मानिसहरूले सियोनमा कसरी जाने, सोध्ने छन्। तिनीहरू त्यही दिशातर्फ जान थाल्नेछन्। ती मानिसहरूले भन्ने छन्, ‘आऊ, हामी परमेश्वरकहाँ सम्मिलित हौं। एक त्यस्तो करार गरौं जुन सदा-सर्वदा रहनेछ। एक त्यस्तो करार गरौं जुन कहिल्यै भूलिने छैन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले सियोन जाने बाटो सोध्नेछन् र आफ्ना अनुहार त्यस दिशातिर फर्काउनेछन्। तिनीहरू आउनेछन् र आफूलाई अनन्तको करारमा याहवेहसँग बाँध्नेछन्, जुन कहिल्यै बिर्सिइनेछैन। Viz kapitola |