यर्मिया 50:25 - सरल नेपाली पवित्र बाइबल25 मैले आफ्नो हतियार राखेको सिलखाना खोलेर रिसमा ती हतियारहरू निकालेको छु किनभने म सार्वभौम, सर्वशक्तिमान् परमप्रभुले बेबिलोनमा काम गर्नुपरेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 परमप्रभुले आफ्नो गट्ठाघर खोल्नुभएको छ, र उहाँले आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ, किनकि बेबिलोनीहरूको देशमा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले गर्नुपर्ने काम छ। Viz kapitolaपवित्र बाइबल25 परमप्रभुले आफ्नो अस्त्र-घर उघार्नु भयो अनि क्रोधको हात-हतियार निकाल्नु भयो। मेरो मालिक, सेनाहरूका परमप्रभुले ती हतियारहरू निकाल्नु भयो, किनभने उहाँले कल्दीहरूका देशमा आफ्नो काम गर्नु थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेहले आफ्नो अस्त्रभण्डार खोल्नुभएको छ, र आफ्नो क्रोधका हतियारहरू निकाल्नुभएको छ; किनकि प्रभु सेनाहरूका याहवेहले बेबिलोनीहरूका देशमा आफ्नो काम गर्नुपर्नेछ। Viz kapitola |