यर्मिया 5:3 - सरल नेपाली पवित्र बाइबल3 निश्चय नै परमप्रभुले विश्वासयोग्यता खोज्नुहुन्छ। उहाँले तिमीहरूलाई हिर्काउनुभयो, तर तिमीहरूले ध्यानै दिएनौ उहाँले तिमीहरूलाई चुर-चुर पार्नुभयो तर तिमीहरूले सिक्नै मानेनौ। तिमीहरू हठी भएर आफ्ना पापहरूदेखि फर्केनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हे परमप्रभु, के तपाईंको दृष्टिले सत्यलाई खोज्दैन र? तपाईंले तिनीहरूलाई हिर्काउनुभयो, तर तिनीहरूलाई दुखेन। तपाईंले तिनीहरूलाई थिचोमिचो गर्नुभयो, तर आफ्नो व्यवहार ठीक गर्न तिनीहरूले इन्कार गरे। तिनीहरूले आफ्ना अनुहार ढुङ्गाभन्दा पनि कड़ा बनाए, र पश्चात्ताप गर्न इन्कार गरे। Viz kapitolaपवित्र बाइबल3 हे परमप्रभु, म जान्दछु कि तपाईंप्रति, मानिसहरू निष्ठावान भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे याहवेह, के तपाईंका आँखाले सत्यतालाई खोज्दैन र? तपाईंले तिनीहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूले वास्तै गरेनन्; तपाईंले तिनीहरूलाई धुलोपिठो पार्नुभयो, तर तिनीहरूले सुध्रिन इन्कार गरे। तिनीहरूले आफ्ना अनुहार ढुङ्गाभन्दा कठोर पारे, र तिनीहरूले पश्चात्ताप गर्न इन्कार गरे। Viz kapitola |