यर्मिया 49:2 - सरल नेपाली पवित्र बाइबल2 तर त्यो समय आउँदै छ, जब राजधानी रब्बा सहरका बासिन्दाहरूलाई म लडाइँको हो-हल्ला सुन्न लाउनेछु र त्यो ध्वस्त पारिनेछ र त्यसका गाउँ-बस्तीहरू डढेर खरानी हुनेछन्। तब इस्राएलले आफ्नो अधिकारबाट खोसिएको आफ्नो जमिन शत्रुका हातबाट फेरि आफ्ना हातमा लिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब म अम्मोनीहरूका रब्बाको विरुद्ध युद्धको ध्वनि सुनाउनेछु। त्यो एउटा भग्नावशेषको ढिस्को हुनेछ, र त्यसका छेउछाउका गाउँहरू आगोले भस्म पारिनेछन्। तब आफूलाई खेदेर निकाल्नेहरूलाई इस्राएलले धपाउनेछ,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले, युद्धको स्वर सुन्ने समय आउनेछ। रब्बा एउटा नष्ट पहाड हुनेछ। वरिपरिका सबै गाउँहरू जलाइनेछन् र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए तिनीहरूलाई इस्राएलका मानिसहरूले, बाहिर निकाल्नेछन्।” यो सन्देश परमप्रभुबाट थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ। “जब म अम्मोनीहरूका रब्बाको विरुद्धमा युद्धको ध्वनि सुनाउनेछु; अनि त्यो एउटा भग्नावशेषको थुप्रो हुनेछ, र त्यसका चारैतिरका गाउँहरूमा आगो लगाइनेछ। तब जसले इस्राएललाई धपाएका थिए, तिनीहरूलाई इस्राएलले धपाउनेछ,” याहवेह भन्नुहुन्छ। Viz kapitola |