यर्मिया 46:2 - सरल नेपाली पवित्र बाइबल2 पहिले मिश्रको बारेमा उहाँले भन्नुभयो। यहूदाका राजा यहोयाकीमका राज्यकालको चौथो वर्षमा यूफ्रेटिस नदीको छेउ कर्कमीशमा बेबिलोनका राजा नबूकदनेसरले जितेका मिश्रका राजा नेकोको सेनाबारे उहाँले यसो भन्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 मिश्रदेशको विषयमा: मिश्रदेशका राजा फारो नेकोका सेनाको विरुद्धमा, जसलाई यूफ्रेटिस नदीको तीरमा भएको कर्कमीशमा यहूदाका राजा यहोयाकीमको चौथो वर्षमा बेबिलोनका राजा नबूकदनेसरले जितेका थिए। Viz kapitolaपवित्र बाइबल2 यो सन्देश मिश्र देशको विषयमा हो। यो सन्देश मिश्रदेशका राजा फिरऊन नेकोका सेनाको बारेमा छ। उसको सेना यूफ्रेटिस नदीको किनार कर्कशमा भन्ने शहरमा पराजित भएको थियो। जब बाबेलका राजा नबूकदनेस्सरले फिरऊन नेकोको सेनालाई कर्कशमा पराजित गरे। त्यसबेला योशियाहको छोरो यहोयाकाम यहूदाका राजा भएको चार बर्ष पुगेको थियो। यो मिश्रलाई परमप्रभुको सन्देश होः Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 इजिप्टको सम्बन्धमा: यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको चौथो वर्षमा, बेबिलोनका राजा नबूकदनेसरद्वारा यूफ्रेटिस नदीको कर्कमीशमा पराजित भएका इजिप्टका राजा फारो नेकोका सेनाको विरुद्धमा आएको सन्देश यही हो: Viz kapitola |