यर्मिया 44:24 - सरल नेपाली पवित्र बाइबल24-25 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वरले यहूदाबाट आएर मिश्रमा बसोबास गर्ने मानिसहरूलाई के भन्दै हुनुहुन्थ्यो, ती वचन मैले ती मानिसहरू र विशेषगरी ती स्त्रीहरूलाई सुनाएँ, “तिमीहरू र तिमीहरूका स्वास्नीहरूले स्वर्गको रानीसित गम्भीर प्रतिज्ञा गरेका छौ। तिमीहरूले उसलाई बलिदान र मद्यबलिहरू चढाउने प्रतिज्ञा गर्यौ र त्यो पूरा गर्दैआयौ। ठीकै छ, त्यसै गर! प्रतिज्ञा पूरा गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब यर्मियाले ती सबै पुरुष र स्त्रीहरूलाई भने, “मिश्रदेशमा भएका हे सबै यहूदाका मानिस हो, परमप्रभुको वचन सुन। Viz kapitolaपवित्र बाइबल24 तब यर्मियाले ती स्वास्नीमानिसहरू सहित जम्मै पुरूष मानिसहरूलाई भने, “यहूदाका सारा मानिसहरू जो अहिले मिश्रमा छौ; परमप्रभुको सन्देश सुन, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसपछि यर्मियाले सबै मानिसहरू र ती स्त्रीहरूलाई भने, “हे इजिप्टमा भएका सबै यहूदाका मानिसहरू हो, याहवेहको वचन सुन। Viz kapitola |