यर्मिया 40:9 - सरल नेपाली पवित्र बाइबल9 गदल्याहले तिनीहरूलाई भने, “म तिमीहरूलाई आफ्नो वचन दिंदछु कि तिमीहरूले आफैंलाई बेबिलोनीहरूका हातमा समर्पण गर्ने कुरामा केही डर मान्नुपर्दैन। यस देशमा बसोबास गरेर बेबिलोनियाका राजाको सेवा गर र सबै कुरामा तिमीहरूको भलाइ हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई ढाड़स दिन यो शपथ खाएर भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ। Viz kapitolaपवित्र बाइबल9 अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरूलाई र तिनीहरूका मानिसहरूलाई आश्वासन दिन फेरि यो शपथ खाएर तिनले भने, “बेबिलोनीहरूको सेवा गर्न नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, तब तिमीहरूको भलो हुनेछ। Viz kapitola |