यर्मिया 4:31 - सरल नेपाली पवित्र बाइबल31 व्यथा लागेकी सुत्केरीजस्तो चित्कार पहिलो बच्चा जन्माउने स्त्रीको जस्तो वेदनाको स्वर म सुन्दछु। स्वाँ-स्वाँ गर्दै आफ्ना हात फैलाएर यरूशलेमले यसो भनिरहेको म सुन्दछु, हाय, म नाश भएकी छु! तिनीहरू मलाई मार्न आइरहेछन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 प्रसववेदनामा परेकी स्त्रीको सोरजस्तो एउटा आवाज म सुन्छु, पहिलो बालक जन्माउने स्त्रीको आवाजझैँ— हात फैलाएर सासको निम्ति छटपटाउँदै सियोनकी छोरी यसो भनिरहेकी म सुन्दछु, “हाय, म मूर्च्छा खाइरहेकी छु! हत्याराहरूलाई मेरो ज्यान दिइएको छ!” Viz kapitolaपवित्र बाइबल31 एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्ट श्वास फेर्दै र मद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुन लागेकि छु, अनि हत्याराहरू मेरा वरिपरि छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 म प्रसुती वेदनामा परेकी स्त्रीको रोदनजस्तै सुन्छु; पहिलो प्रसुती-वेदनाले छटपटाएको सुस्केरा, सास लिन गाह्रो परेकी सियोनकी छोरीको चीत्कार, आफ्नो हात पसारेर यसो भन्दै गरेकी, “हाय, म बेहोश हुँदैछु; मेरो जीवन हत्याराहरूको हातमा सुम्पिएको छ।” Viz kapitola |