यर्मिया 36:29 - सरल नेपाली पवित्र बाइबल29 राजालाई यसो भन् भनी परमप्रभुले मलाई आदेश दिनुभयो, “तैँले यो कागजको मुट्ठो जलाइदिइस्। बेबिलोनका राजाले आएर यस देशलाई नाश पार्नेछ र त्यसका पशुहरू र बासिन्दाहरूलाई मार्नेछ भनी किन लेखिस् भनेर तैँले यर्मियालाई सोधेको छस् Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अनि यहूदाको राजा यहोयाकीमलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले त्यो पत्रको मुट्ठो जलाइस्, र भनिस्, “बेबिलोनका राजा आएर निश्चय नै यो देश नष्ट पार्छन्, र उनले मानिस र पशु दुवैलाई नामेट गर्छन् भनी किन तैंले त्यसमा लेखिस्?” Viz kapitolaपवित्र बाइबल29 यहूदाका राजा यहोयाकिमको सम्बन्धमा तिमीले भन्नेछौ: ‘त्यसपछि परमप्रभुले भन्नुभयो, “तिमीले बेहेरूवा जलायौ कारण तिमीले सोच्यौ, बाबेलको राजा निश्चय आउनेछ र यो देश ध्वंस पारि मानिसहरू र पशुहरू काट्नेछ भनी सन्देशहरू किन तिमीले लेख्यौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यहूदाको राजा यहोयाकीमलाई यो पनि भन्नू, ‘याहवेह यसो भन्नुहुन्छ: तैँले त्यस चर्मपत्र जलाइस्, र भनिस्, “बेबिलोनको राजा निश्चय नै आउनेछ, यस देशलाई नष्ट गर्नेछ। अनि यस देशका मानिसहरू र पशुप्राणीहरू दुवैलाई नाश गर्नेछ भनेर तैँले त्यसमा किन लेखिस्?” Viz kapitola |