यर्मिया 35:4 - सरल नेपाली पवित्र बाइबल4 लाई मन्दिरमा ल्याएँ। मैले तिनीहरूलाई यिग्दल्याहका छोरा अगमवक्ता हानानका चेलाहरूको कोठामा ल्याएँ। त्यो कोठा मन्दिरमा एक जना मुख्य भारदार शल्लूमका छोरा मासेयाहको कोठामाथि र अरू भारदारहरूको कोठाको छेउमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र मैले तिनीहरूलाई परमप्रभुको घरमा परमेश्वरको भक्त यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा ल्याएँ। यो कोठाचाहिँ अधिकृतहरूको कोठाको छेउमा थियो, जो शल्लूमका छोरा मासेयाह ढोकेको कोठाको मास्तिर थियो। Viz kapitolaपवित्र बाइबल4 त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले तिनीहरूलाई याहवेहको भवनको कोठामा ल्याएँ, जुन कोठाचाहिँ यिग्दल्याहका छोरा परमेश्वरको अगमवक्ता हानानका छोराहरूको थियो, त्यहीँ कोठामा ल्याएँ। त्यो कोठाचाहिँ शल्लूमको छोरा मूलढोकाको पहरेदार मासेयाहको कोठामाथि अधिकारीहरूको कोठाको छेउमा थियो। Viz kapitola |