यर्मिया 35:15 - सरल नेपाली पवित्र बाइबल15 मैले मेरा सबै सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाइ नै रहें र तिनीहरूले तिमीहरूलाई दुष्कर्म त्याग्नू र उचित काम गर्नू भनेका छन्। अन्य देवताको पूजा र सेवा नगर्नू र मैले तिमीहरू र तिम्रा पुर्खाहरूलाई दिएका देशमा तिमीहरू रहन पाउनेछौ भनी तिनीहरूले तिमीहरूलाई चेतावनी दिएका छन्। तर तिमीहरूले मेरा कुरा सुन्दैनौ, मेरो वचनमा ध्यान दिंदैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्नो दुष्ट मार्गबाट फर्क, र आफ्ना क्रियाकलाप सुधार, र अन्य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ। Viz kapitolaपवित्र बाइबल15 मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, “तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुशरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।” तर तिमीहरूले मेरो कुरा सुनेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मैले घरी-घरी तिमीहरूकहाँ आफ्ना सेवक अगमवक्ताहरूलाई पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेकले तिमीहरूका दुष्ट चालहरूबाट फर्क! आफ्ना कामहरू सुधार! अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पछि नलाग। तब मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्नेछौ।” तर तिमीहरूले मेरो वचनमा ध्यानै दिएनौ, अथवा मेरो कुरालाई सुनेनौ। Viz kapitola |