यर्मिया 34:15 - सरल नेपाली पवित्र बाइबल15 केही दिनअघि मात्र तिमीहरूले पश्चात्ताप गर्यौ र मलाई खुसी गराउने काम गर्यौ। तिमीहरू सबै आ-आफ्ना इस्राएली बन्धुहरूलाई छुटकारा दिन राजी भयौ र मेरो सामुन्ने मेरो आराधना गरिने मन्दिरमा तिमीहरूले एउटा करार बाँध्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिमीहरूले चाहिँ भर्खरै पश्चात्ताप गर्यौ। तिमीहरू हरेकले आफ्ना देशवासीहरूलाई मुक्त गरेर मेरो दृष्टिमा जे असल छ त्यो गर्यौ। मेरो नाउँ कहलिएको घरमा मेरो सामुन्ने तिमीहरूले एउटा करार बाँध्यौ। Viz kapitolaपवित्र बाइबल15 भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिमीहरूले भर्खरै पश्चात्ताप गर्यौ र मेरो दृष्टिमा जे उचित छ, त्यही तिमीहरूले गर्यौ: तिमीहरू हरेकले आ-आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गर्यौ। मेरो नाम बोकेको भवनमा मेरो सामु तिमीहरूले करार पनि बाँधेका थियौ। Viz kapitola |