यर्मिया 33:24 - सरल नेपाली पवित्र बाइबल24 “मैले चुनेका दुई परिवार इस्राएल र यहूदालाई मैले नै त्यागेको छु भनी कसरी मानिसहरूले भन्दै छन्, त्यो के तैँले सुनिस्? यसकारण तिनीहरूले मेरा प्रजालाई घृणाको दृष्टिले हेर्छन् र तिनीहरूलाई एउटा जाति हो भनी ठान्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “यी मानिसहरू के भन्दैछन्, के त्यसमा तैंले ध्यान दिएको छैनस्? यिनीहरू भन्छन्, ‘परमप्रभु आफैले चुन्नुभएका ती दुई राज्यहरूलाई उहाँले त्याग्नुभएको छ’। यसैले यिनीहरूले मेरो प्रजालाई घृणा गर्छन्, र यिनीहरूको दृष्टिमा मेरो प्रजा जाति नै होइन भनी ठान्छन्। Viz kapitolaपवित्र बाइबल24 “यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “के यी मानिसहरूले ‘याहवेहले आफूले चुन्नुभएका दुई राज्य यहूदा र इस्राएललाई त्यागिदिनुभएको छ’ भनिरहेको कुरा के तैँले ख्याल गरेको छैनस्? यसकारण ती मानिसहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् र तिनीहरूलाई एक राष्ट्रको रूपमा ठान्दैनन्। Viz kapitola |