Online Bible

- Reklamy -




यर्मिया 33:21 - सरल नेपाली पवित्र बाइबल

21 त्‍यस्‍तै प्रकारले दाऊदसित तेरो सन्‍तानबाट एक जना सधैँ राजा हुने करार बाँधेको छु र लेवी कुलका पूजाहारीहरूसित तिनीहरूले सधैँ मेरो सेवा गर्ने भनी मैले करार बाँधेको छु। ती करारहरू कहिल्‍यै भङ्ग गर्न सकिनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 मेरो दास दाऊदसँग गरेको मेरो करार र मेरो सामुन्‍ने सेवा गर्ने लेवी पूजाहारीहरूसँग गरेको मेरो करार पनि भङ्ग गर्न सकिनेछ, र दाऊदको सिंहासनमा राज्‍य गर्न अब उप्रान्‍त तिनको सन्‍तान हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैनन् र लेवीका परिवारबाट पूजाहारी हुनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तब मात्र मेरो सेवक दावीदसँगको मेरो करार, लेवीहरू र पुजारीहरू, जो मेरो सामु रहेर सेवा गर्छन्, तिनीहरूसँगको मेरो करार भङ्ग हुन सक्छ; यहाँसम्म कि दावीदको सिंहासनमा शासन गर्नलाई उसको कुनै सन्तान हुनेछैन।

Viz kapitola kopírovat




यर्मिया 33:21

Následuj nás:

Reklamy


Reklamy