यर्मिया 3:2 - सरल नेपाली पवित्र बाइबल2 डाँडा-डाँडाका टाकुराहरू हेर्। कहाँचाहिँ तँ तेरा प्रेमीहरूसित सुतिनस्? एउटा अरबी डाकुले मरुभूमिमा लुट्न मानिस ढुकेझैँ तैँले बाटोका किनारमा उभिएर तेरा प्रेमीहरूको बाटो हेरिस्। तैँले तेरो दुष्टता र वेश्यावृत्ति कामले पूरै देशलाई भ्रष्ट पारिस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “आफ्ना आँखा उठाएर नाङ्गा डाँड़ाहरूमा हेर्। तिनीहरूमध्ये कुनचाहिँमा तैंले कुकर्म गरेकी छैनस् र? एउटा अरबी मरुभूमिमा बसेझैँ तँ आफ्ना प्रेमीहरूको प्रतीक्षामा बाटो हुँदो बसिस्। तैंले देशलाई आफ्नो व्यभिचार र दुष्ट कर्मले बिटुलो पारेकी छस्। Viz kapitolaपवित्र बाइबल2 “माथि पहाडको चुचुराहरू हेर, के त्यहाँ कुनै ठाउँ छ जहाँ तिम्रा प्रेमिकाहरूसँग तिमीले प्रेम रचेका छैनौ? अरबी मरुभूमिमा फिरन्ते झैं, आफ्नो प्रेमीहरूको प्रतीक्षा तिमी बाटोको किनारमा पर्खेका थियौ। तिमीले भूमि ‘दूषित’ पार्यौ। किनभने तिमीले थुप्रै नराम्रा कामहरू गर्यौ। साथै तिमी मप्रति अभक्त भयौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “बाँझो पहाडहरूतिर आँखा उठाएर हेर्। के तैँले कुकर्म नगरेको कुनै ठाउँ छ? मरुभूमिमा डुलुवा बसेझैँ, तँ बाटोको छेउतिर प्रेमिकाहरूको प्रतीक्षामा बसिस्। तैँले देशलाई तेरो व्यभिचार र दुष्टताले भ्रष्ट पारेकी छेस्। Viz kapitola |