यर्मिया 29:23 - सरल नेपाली पवित्र बाइबल23 तिनीहरूको दशा यस्तै हुनेछ किनभने तिनीहरूले डरलाग्दा पापहरू गरेका छन्, तिनीहरूले आफ्ना छिमेकीको स्वास्नीहरूसित व्यभिचार र परमप्रभुको नाममा झूटा कुरा गरेका छन्। यी कामहरू परमप्रभुको इच्छा विरुद्ध थिए। तिनीहरूले के गरेका छन्, त्यो उहाँ जान्नुहुन्छ र तिनीहरूका विरुद्धमा उहाँ साक्षी हुनुभएको छ। परमप्रभुले यसो भन्नुभएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 किनकि तिनीहरूले इस्राएलमा अति घृणित काम गरेका छन्। तिनीहरूले आफ्नै छिमेकीकी पत्नीसित व्यभिचार गरेका छन्, र मैले तिनीहरूलाई बोल्नू भनी नभनेका झूटा कुरा तिनीहरूले बोलेका छन्। यो कुरा म जान्दछु, र म यो कुराको साक्षी छु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल23 ती दुवैजना अगमवक्ताहरूले इस्राएलमा खराब कामहरू गरे। तिनीहरूले आफ्ना छिमेकीकी पत्नीहरूसँग व्यभिचार गरे अनि तिनीहरूले मेरो नाउँमा झूटो बोले। म जान्दछु तिनीहरूले के गरे। म आफैं साक्षी छु।” मैले तिनीहरूलाई त्यसो गर भनेर आज्ञा दिएको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “किनकि तिनीहरूले इस्राएलमा अति घृणित पापहरू गरेका छन्; तिनीहरूले आफ्ना छिमेकीका पत्नीहरूसित व्यभिचार गरेका छन्; अनि मेरो नाममा तिनीहरूले झूटा अगमवाणीहरू गरेका छन्—जुन कुरा गर्नु भनी मैले तिनीहरूलाई आज्ञा गरेको थिइनँ। म यो कुरा जान्दछु र म नै यस कुराको गवाही हुँ,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |