Online Bible

- Reklamy -




यर्मिया 29:14 - सरल नेपाली पवित्र बाइबल

14 साँचो हो, म भन्‍दछु, तिमीहरूले मलाई भेट्टाउनेछौ र म तिमीहरूलाई तिमीहरूको आफ्‍नो देशमा ल्‍याइपुर्‍याउनेछु। मैले तिमीहरूलाई धपाई पठाएको हरेक देश र ठाउँबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु। जुन देशबाट मैले तिमीहरूलाई कैदमा पठाएको थिएँ, त्‍यही देशमा म तिमीहरूलाई फर्काई ल्‍याउनेछु। म परमप्रभु बोलेको छु।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरूले मलाई भेट्टाउनेछौ,” परमप्रभु भन्‍नुहुन्‍छ,” र कैदबाट म तिमीहरूलाई फर्काइल्‍याउनेछु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएका सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि म तिमीहरूलाई जम्‍मा गर्नेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, “र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ, त्‍यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइल्‍याउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 म तिमीहरूलाई भेट गर्न अनुमित दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो “म तिमीहरूलाई कैदबाट छुटाई ल्याउनेछु। म तिमीहरूलाई सबै जाति-जातिहरू र ठाउँ-ठाउँहरूदेखि भेला गर्नेछु जहाँ मैले तिमीहरूलाई पठाएको थिएँ।” यो परमप्रभुबाट आएको सन्देश हो। “अनि तिमीहरूलाई यस ठाँउमा फर्काई ल्याउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “मलाई तिमीहरूले भेट्टाउनेछौ, याहवेह घोषणा गर्नुहुन्छ; अनि म तिमीहरूलाई कैदबाट फर्काइल्याउनेछु। तिमीहरूलाई मैले धपाएर पठाएका सबै राष्ट्रहरू र ठाउँहरूबाट भेला गर्नेछु। अनि जुन ठाउँबाट मैले तिमीहरूलाई निर्वासनमा पठाएँ, त्यही ठाउँमा म तिमीहरूलाई फर्काएर ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 29:14

Následuj nás:

Reklamy


Reklamy