यर्मिया 28:9 - सरल नेपाली पवित्र बाइबल9 तर शान्ति आउनेछ भनी अगमवाणी गर्ने अगमवक्ताचाहिँ साँच्चै परमप्रभुबाट पठाइएको हो भनी तब मात्र चिनिनेछ, जब उसको अगमवाणी पूरा हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर जुन अगमवक्ताले शान्तिको अगमवाणी कहन्छन्, यदि त्यो पूरा भयो भने मात्र यथार्थमा ती नै अगमवक्तालाई परमप्रभुले पठाउनुभएको रहेछ भनी चिनिनेछ।” Viz kapitolaपवित्र बाइबल9 तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर याहवेहको शान्तिको अगमवाणी गर्ने अगमवक्तालाई साँच्चै याहवेहले नै पठाउनुभएको हो भनेर तब मात्र चिनिन्छ, जब त्यसले भनेको अगमवाणीहरू पूरा हुन्छ।” Viz kapitola |