यर्मिया 24:1 - सरल नेपाली पवित्र बाइबल1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अगुवा, कारिगरहरू र अरू सिपालु ज्यामीहरूलाई कैद गरी यरूशलेमबाट बेबिलोनमा लगेपछि परमप्रभुले मलाई मन्दिरको सामुन्ने राखिएका दुई डाला नेभारा दर्शनमा देखाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्दिरको सामुन्ने अञ्जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले उहाँको मन्दिर अघाडी राखिएको दुइ डालो नेभारा देखाउनु भयो। (मैले यो दर्शन यहूदाका राजा यहोयाकीमका छोरा बाबेलका राजा नबूकदनेस्सरले यरूशलेमबाट निर्वासिन गराएर लगे पछि देखेको हो। यहोयाकीन र तिनका अधिकारीहरूलाई निपुण शिल्पकार र धातुकारहरूसितै लगियो।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजा यहोयाकीमको छोरा, यहोयाकीन र अधिकारीहरू, यहूदाका कारिगरहरू र शिल्पकारहरूलाई, बेबिलोनको राजा नबूकदनेसरले यरूशलेमबाट बेबिलोनको निर्वासनमा लगेपछि याहवेहले मलाई याहवेहको मन्दिरको सामु राखिएका दुई डाला नेभाराहरू देखाउनुभयो। Viz kapitola |