Online Bible

- Reklamy -




यर्मिया 23:15 - सरल नेपाली पवित्र बाइबल

15 “यसैकारण म सर्वशक्तिमान् परमप्रभु ती यरूशलेमका अगमवक्ताहरूबारे यसो भन्‍दछु, ‘म तिनीहरूलाई खान ऐरेलु र पिउन विष दिनेछु किनभने तिनीहरूले सारा देशलाई भक्तिहीन तुल्‍याएका छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसकारण ती अगमवक्ताहरूका विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउन दिनेछु, किनभने यरूशलेमका अगमवक्ताहरूबाटै देशभरि ईश्‍वरहीनता फैलिएको छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

15 यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पार्दैछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण अगमवक्ताहरूको बारेमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म तिनीहरूलाई तितो भोजन खान लगाउनेछु, र विषालु पानी पिउन दिनेछु; किनभने यरूशलेमका अगमवक्ताहरूले देशभरि नै भक्तिहीनता फैलाएका छन्।”

Viz kapitola kopírovat




यर्मिया 23:15

Následuj nás:

Reklamy


Reklamy