यर्मिया 23:14 - सरल नेपाली पवित्र बाइबल14 तर यरूशलेमका अगमवक्ताहरूले चाहिँ अझ घिनलाग्दा काम गरेको मैले देखेको छु। तिनीहरूले व्यभिचार गर्दछन् र देखावटी जीवन बिताउँछन्, दुष्कर्म गर्ने मानिसहरूलाई मद्दत गर्दछन् र यसैले कसैले पनि दुष्कर्म गर्न छोड्दैन। मेरो निम्ति तिनीहरू सबै सदोम र गमोराका मानिसहरूझैँ दुष्ट भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यरूशलेमका अगमवक्ताहरूमा चाहिँ मैले केही अति घिनलाग्दो कुरा देखेको छु। तिनीहरू व्यभिचार गर्दछन्, र झूटो चालमा चल्छन्। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्। यसैले कोही पनि आफ्नो दुष्टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्ति सदोमझैँ, यरूशलेमका मानिसहरूचाहिँ गमोराझैँ छन्।” Viz kapitolaपवित्र बाइबल14 मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि यरूशलेमका अगमवक्ताहरूका बीच मैले केही भयानक कुराहरू देखेँ: तिनीहरू व्यभिचार गर्छन् र झूटलाई पछ्याउँछन्। तिनीहरूले दुष्ट काम गर्ने मानिसहरूलाई प्रोत्साहित गर्छन्, ताकि कोही पनि तिनीहरूको दुष्टताबाट नफर्कून्। मेरा निम्ति तिनीहरू सबै सदोमजस्ता छन्; यरूशलेमका मानिसहरू गमोराका मानिसहरूजस्ता छन्।” Viz kapitola |