यर्मिया 23:10 - सरल नेपाली पवित्र बाइबल10 व्यभिचारीहरूले देश भरिएको छ। तिनीहरूले दुष्ट जीवन बिताउँछन् र आफ्नो शक्तिको गलत प्रयोग गर्छन्। परमप्रभुको श्रापले गर्दा देशले विलाप गर्दछ र खर्कहरू पनि सुकिगएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 देश व्यभिचारीहरूले भरिएको छ, सराप पाएको कारण देश सुक्खा भएको छ, मरुभूमिमा खर्क सुकेका छन्। अगमवक्ताहरू खराब चालमा चल्छन् र आफ्नो शक्ति अन्यायपूर्वक चलाउँछन्। Viz kapitolaपवित्र बाइबल10 यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ जो व्यभिचारीहरू छन्। यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो। अनि खर्क मरुभूमिमा परिणत भएकोछ। अगमवक्ताहरू दुष्ट छन्। ती अगमवक्ताहरूले आफ्ना प्रभाव र शक्ति गल्ती गरी प्रयोग गर्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 सारा देश व्यभिचारीहरूले भरिएको छ; श्रापको कारण देशका मानिसहरू शोक गर्दैछन्; अनि उजाडस्थानका खर्कहरू सुकेका छन्। तिनीहरूका अगमवक्ताहरू दुष्ट मार्ग पछ्याउँछन्, र तिनीहरूको शक्ति अन्यायको लागि प्रयोग गर्छन्। Viz kapitola |