यर्मिया 22:18 - सरल नेपाली पवित्र बाइबल18 यसकारण योशियाहका छोरा यहूदाका राजा यहोयाकीमबारे परमप्रभु यसो भन्नुहुन्छ, “त्यो मर्दा कसैले शोक गर्नेछैन। ‘हे दाजुभाइहरू हो, कत्रो आपत् आइपर्यो’ भनी कसैले न विलाप गर्नेछ न ‘हे मेरो राजा’ भनी कोही रुने नै छ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “‘हाय, मेरो दाजु! हाय, मेरी बहिनी!’ भन्दै त्यसको लागि तिनीहरू रुनेछैनन्। ‘हाय, मेरा मालिक! हाय, उहाँको गौरव!’ भन्दै त्यसको निम्ति तिनीहरू रुनेछैनन्। Viz kapitolaपवित्र बाइबल18 यसर्थ परमप्रभुले योशियाहका छोरो, राजा यहोयाकीमको विषयमा भन्नुहुन्छु, “यहोयाकीमको लागि यहूदाका मानिसहरू रूने छैनन्, ‘हाय मेरो दाज्यू! हाय मेरी बहिनी! म यहोयाकीमको लागि अत्यन्तै दु:खीतछु भनी, तिनीहरू कसैले पनि परस्परमा कुरा गर्ने छैनन्। यहूदाका मानिसहरू यहोयाकीमको लागि रूने छैनन्। तिनीहरूले उनको विषयमा भन्ने छैनन्, ‘हाय मेरा मालिक! हाय, मेरा महाराज! तिम्रो मृत्युमा म अत्यन्तै दु:खी छु।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको बारेमा याहवेह यसो भन्नुहुन्छ: “तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्; ‘हाय, मेरा दाजु, हाय, मेरी बहिनी!’ भन्नेछैनन्। तिनीहरू त्यसका निम्ति शोक गर्नेछैनन्: ‘हाय, मेरा मालिक, हाय, उहाँको गौरव!’ भन्नेछैनन्। Viz kapitola |