यर्मिया 20:4 - सरल नेपाली पवित्र बाइबल4 परमप्रभु आफैंले भन्नुभएको छ, ‘म तँलाई तेरो आफ्नै निम्ति र तेरा मित्रहरूका निम्ति डरलाग्दो मानिस बनाउनेछु र तेरा आँखाका सामुन्नेमा तिनीहरू आफ्ना शत्रुका तरवारले मारिनेछन्। यहूदाका सबै बासिन्दाहरूलाई म बेबिलोनका राजाका हातमा सुम्पिदिनेछु, तिनले कतिलाई कैद गरी बेबिलोनमा लैजानेछन् र अरूलाई मार्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि परमप्रभु यसो भन्नुहुन्छ: ‘तँलाई तेरो आफ्नै निम्ति र तेरा सबै मित्रहरूका निम्ति म एक त्रासको पात्र तुल्याउनेछु। तिनीहरू आफ्ना शत्रुहरूका तरवारले तेरै आँखाका सामुन्ने मारिनेछन्। म यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई कैद गरेर बेबिलोनमा लैजानेछ, अथवा तिनीहरूलाई तरवारले मार्नेछ। Viz kapitolaपवित्र बाइबल4 यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ, ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि याहवेह यसो भन्नुहुन्छ: ‘म तँलाई तेरै निम्ति र तेरा सबै साथीहरूका निम्ति त्रसित तुल्याउनेछु। तेरा आफ्नै आँखाले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका तरवारले मारेको देख्नेछस्। म समस्त यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई बेबिलोनमा लैजानेछन् र तरवारले मार्नेछन्। Viz kapitola |