यर्मिया 18:15 - सरल नेपाली पवित्र बाइबल15 तर मेरा प्रजाले मलाई भुलेको छ, तिनीहरूले व्यर्थका मूर्तिहरूलाई धूप बालेका छन् र आफू हिंड्ने बाटोमा ठेस खाएका छन्। तिनीहरूले आफ्नो पुरानो बाटो बिराएका छन् र तिनीहरू गोरेटोतिर लागेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तरै पनि मेरो प्रजाले त मलाई बिर्सिसकेको छ, तिनीहरू बेकामका मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई आफ्ना मार्गमा र पुराना बाटाहरूमा ठेस खान लगाएका छन्, र तिनीहरूलाई पक्की सड़कमा होइन तर गोरेटोतिर हिँड़ाएका छन्। Viz kapitolaपवित्र बाइबल15 तर मेरा मानिसहरूले मलाई बिर्सिए। तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए। तिनीहरू पूरानो बाटोबाट फर्किए। अहिले तिनीहरू राम्रा सडकहरू छाडेर किनाराका पथहरू पछ्याउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर मेरा मानिसहरूले मलाई बिर्सेका छन्; तिनीहरू काम नलाग्ने मूर्तिहरूलाई धूप बाल्छन्, जसले तिनीहरूलाई तिनीहरूका मार्गहरूमा र तिनीहरूका पुराना मार्गहरूमा ठेस लाग्ने तुल्याएका छन्। ती मूर्तिहरूले मानिसहरूलाई अप्ठ्यारा गोरेटोहरूमा र नबनाइएका बाटोहरूमा हिँडाएका छन्। Viz kapitola |