यर्मिया 18:12 - सरल नेपाली पवित्र बाइबल12 तिनीहरूले यस्तो जवाफ दिनेछन्, “हामीले किन त्यसो गर्नु? ‘अहँ, हामी त्यसो गर्दैनौं। हामी आफूलाई मन परेअनुसार हठी र दुष्ट नै भइरहौंला’।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर तिनीहरूले त यस्तो जवाफ दिनेछन्, ‘त्यसो गर्नु व्यर्थ छ। हामी त आफ्नै युक्तिअनुसार हिँड्नेछौं, हामी हरेक आफ्नै दुष्ट हृदयको हठअनुसार चल्नेछौं’।” Viz kapitolaपवित्र बाइबल12 तर यहूदाका मानिसहरूले जवाफ दिन्छन्। ‘निर्थक हो प्रयास गर्नु, हामी जे चाहन्छौं त्यही गर्नेछौ। हामी अट्टेरी अनि दुष्ट हृदयले जे सुझाव दिन्छ त्यही गर्छौ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर तिनीहरूले जवाफ दिनेछन्, ‘हामीलाई कुनै फाइदा छैन। हामी हाम्रा आफ्नै युक्तिमा लागिरहनेछौँ; हामी सबै आफ्नै हृदयको हठीपनाको पछि लागिरहनेछौ।’ ” Viz kapitola |