यर्मिया 17:4 - सरल नेपाली पवित्र बाइबल4 मैले तँलाई दिएको देश तैँले छोड्नुपर्नेछ र तैँले नचिनेको देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लाउनेछु किनभने मेरो रिस आगोझैँ भएको छ र त्यो सधैँ दन्किरहनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले आफ्नै दोषले गर्दा तिमीहरूले गुमाउनेछौ, र तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्ना शत्रुहरूको सेवा गर्न लाउनेछु, किनकि तिमीहरूले मेरो रीसको आगो सल्काएका छौ, र त्यो सधैँ जलिरहनेछ।” Viz kapitolaपवित्र बाइबल4 तिमीहरूले मैले दिएको भूमि उम्काउनेछौ। विदेशमा तिमीहरूले शत्रुहरूको सेवा गर्नेछौ कारण तिमीहरूले मेरो क्रोधलाई तातो आगो झैं बनायौ जुन सदा सर्वदाका निम्ति बलिरहनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूका आफ्नै गल्तीको कारण मैले तिमीहरूलाई दिएको अधिकार गुमाउनेछौ। तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु; किनकि तिमीहरूले मेरो रिसलाई दन्काएका छौ; अनि यो सधैँभरि जलिरहनेछ।” Viz kapitola |