यर्मिया 17:27 - सरल नेपाली पवित्र बाइबल27 तिनीहरूले मेरा आज्ञापालन गर्नुपर्छ र विश्रामका दिनलाई पवित्र दिन मान्नुपर्छ। त्यस दिन तिनीहरूले कुनै बोझ बोकेर यरूशलेमका मूल-ढोकाहरूबाट भित्र र बाहिर गर्नुहुँदैन। यदि तिनीहरूले त्यसो गरे भने म यरूशलेमका मूल-ढोकाहरूमा आगो लगाइदिनेछु। यरूशलेमका राजमहलहरू आगोले भस्म हुनेछन् र आगो कसैले निभाउन सक्नेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर शबाथ पवित्र राख्नलाई र शबाथ-दिनमा भारी बोकेर यरूशलेमका मूल ढोकाहरूबाट भित्र पस्न छोड्नलाई मेरो कुरा मानेनौ भनेदेखि त म यरूशलेमका मूल ढोकाहरूमा ननिभ्ने आगो लगाइदिनेछु, र त्यसले त्यसका किल्लाहरू स्वाहा पार्नेछ’।” Viz kapitolaपवित्र बाइबल27 “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ भने; यदि तिमीहरूले विश्रामको दिनमा यरूशलेमभित्र भारीहरू ल्यायौ भने, तिमीहरूले यस दिनलाई पवित्र दिन मानेका हुँदैनौ। यसकारण म आगो सल्काउनु शुरू गर्नेछु जुन निभाउन सकिन्दैन। त्यो आगो यरूशलेमको प्रवेशद्वारहरू देखि शुरू हुनेछ, अनि यरूशलेमको राजमहलहरू जलाउनेछ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर यदि तिमीहरू शब्बाथ दिनमा यरूशलेमका मूलढोकाहरूभित्र आउँदा, भारी बोक्यौ र शब्बाथ दिनलाई पवित्र राख्ने मेरो आज्ञापालन गरेनौ भने म यरूशलेमका मूलढोकाहरूमा निभाउन नसकिने आगो सल्काइदिनेछु, त्यस आगोले त्यसका किल्लाहरू भस्म पारिदिनेछ।’ ” Viz kapitola |