यर्मिया 17:2 - सरल नेपाली पवित्र बाइबल2-3 हरेक हरियो रूखनिर डाँडा-डाँडाका टुप्पामा हरेक हरियो रूखनिर र खुल्ला मैदानका पहाडहरूमाथि अशेरा-देवीका वेदीहरूमा मूर्तिहरूको पूजा गरेका तेरा छोरा-छोरीहरूलाई पनि याद छ। सारा देशभरि तैँले गरेका पापहरूका कारणले गर्दा तेरा सबै धन-सम्पत्ति म तेरा शत्रुहरूलाई लुटी लैजान दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 झ्याम्म परेका रूखहरूनेर र अल्गा डाँड़ाहरूमा भएका आफ्ना वेदीहरू र अशेराका खम्बाहरू तिनीहरूका छोराछोरीहरूले पनि स्मरण गर्छन्। Viz kapitolaपवित्र बाइबल2 तिनीहरूका नानीहरूले झूटा देवताहरूका बेदीहरू सम्झन्छन्। तिनीहरूले काठको स्तम्भहरू सम्झन्छन् जुन अशिराहलाई समर्पित् गरेको थियो। तिनीहरूले यी कुराहरू हरियो रूखहरू मुनी अनि पहाडहरूमाथि सम्झन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूका छोराछोरीहरूले पनि झाँगिएका रूखहरू र अग्ला डाँडाहरूका छेउमा भएका अशेराका खम्बाहरू र वेदीहरूको सम्झना गर्छन्। Viz kapitola |