यर्मिया 16:7 - सरल नेपाली पवित्र बाइबल7 कसैको प्रिय व्यक्ति मर्दा मर्नेको लागि विलाप गर्नेलाई सान्त्वना दिन उसित कोही भोजन खान वा पानी पिउन बस्नेछैन। कसैका आमा-बुबा नै मरेका भए पनि उसलाई कसैले सान्त्वना दिनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मर्नेको लागि विलाप गर्नेलाई— आमा-बुबाको लागि विलाप गर्नेलाई पनि— सान्त्वना दिन भनी कसैले उसको निम्ति खानेकुरो दिनेछैन, न सान्त्वनाको पानी दिइनेछ। Viz kapitolaपवित्र बाइबल7 शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मरेकाहरूका निम्ति शोक गर्नेहरूलाई सान्त्वना दिन कसैले पनि भोजन दिनेछैन। तिनीहरूका बुबा र आमाका निम्ति शोक गर्नेलाई समेत कसैले तिनीहरूलाई सान्त्वनाको पानी दिनेछैन। Viz kapitola |