यर्मिया 13:27 - सरल नेपाली पवित्र बाइबल27 उहाँले घृणा गरेका कुरा तैँले गर्दैगरेको उहाँले नै देख्नुभएको छ। तैँले डाँडा र मैदानतिर गरेको घिनलाग्दा कामहरू, तेरा व्यभिचार र वेश्यासँगको सम्बन्ध उहाँले देख्नुभएको छ। हे यरूशलेमका बासिन्दाहरू हो, तिमीहरू अवश्य नै विनाश हुनेछौ, तिमीहरू कहिले शुद्ध होऔला? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तैंले डाँड़ाहरू र मैदानहरूमा गरेका तेरा घिनलाग्दा कामहरू— तेरो व्यभिचार, तेरो कामोद्दीपनको हिनहिनाइ, तेरो लाजमर्दो वेश्यावृत्ति मैले देखेको छु। हे यरूशलेम, तँलाई धिक्कार! तँ कहिलेसम्म यसरी अशुद्ध बस्ने?” Viz kapitolaपवित्र बाइबल27 मैले तिमीहरूलाई घिनलाग्दा काम गरेको देखेको छु। मैले तिमीहरूलाई वेश्यावृति झैं पहाडमा, र मैदानमा आफ्नी प्रेमिकाहरूलाई, अति आनन्दसित व्यभिचार काममा मस्त भएको देखेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तैँले गरेको व्यभिचार र तेरो कामुकताको हिनहिनाइ, र तेरो शर्मलाग्दो वेश्यावृत्ति! मैले अग्ला डाँडाहरूमा र मैदानहरूमा तेरा घिनलाग्दा वेश्यावृत्तिहरू देखेको छु। हे यरूशलेम, तँलाई धिक्कार छ! तँ कहिलेसम्म यसरी अशुद्ध भइरहनेछस्?” Viz kapitola |