यर्मिया 13:11 - सरल नेपाली पवित्र बाइबल11 जसरी यो पटुका कम्मरमा टम्म कसिएर रहन्छ, त्यसरी नै इस्राएल र यहूदाका सबै मानिसहरू मसित मिलेर टाँसिरहून् र मेरो निजी प्रजा होऊन् अनि तिनीहरूबाट मेरो नामको प्रशंसा र आदर होस् भन्ने मेरो इच्छा थियो तर तिनीहरूले मेरो आज्ञा मानेनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनभने जसरी एउटा पटुका मानिसको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो ख्याति र प्रशंसा सम्मानको निम्ति मेरा प्रजा होऊन् भनेर मैले बाँधे। तर तिनीहरूले मेरा कुरामा ध्यानै दिएका छैनन्,’ परमप्रभु भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल11 एकजना मानिसले आफ्नो कम्मरमा पटुका कस्सेर बाँध्छ। त्यस्तै प्रकारले, म यहूदाका र इस्राएलका मानिसहरूलाई कस्सेर बाँध्नेछु।” यो सन्देश परमप्रभुबाट हो। “मैले त्यसो गरेको कारण ती मानिसहरूलाई म पट्टि खिंच्न र आफ्नो नाउँ प्रशंसा र महिमाका निम्ति आफ्नो मानिसहरू बनाउनु हो तर तिनीहरूले सुनेन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि मानिसले पटुका कम्मरमा बाँधेझैँ, मैले इस्राएलको र यहूदाको सम्पूर्ण घरानालाई मेरो ख्याति, प्रशंसा र सम्मानको निम्ति प्रजा हुनेछन् भनी मैले तिनीहरूलाई आफ्नो कम्मरमा बाँधेँ, तर तिनीहरूले मेरो आज्ञापालन गरेनन्,’ याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |