यर्मिया 11:8 - सरल नेपाली पवित्र बाइबल8 तर तिनीहरूले मेरा आज्ञा सुनेनन् र पालन गरेनन्। बरु तिनीहरू सधैँ ढिट र दुष्ट भइरहे। मैले तिनीहरूलाई सो करार पूरा गर्ने आज्ञा गरेको थिएँ तर तिनीहरूले त्यसो गरेनन्। यसैकारण ती करारमा वर्णन गरिएका सबै दण्डहरू मैले तिनीहरूमाथि ल्याएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर तिनीहरूले ध्यानसित सुनेनन्, अथवा मेरा कुरामा कान थापेनन्। त्यसको सट्टा तिनीहरू आफ्ना-आफ्नै दुष्ट हृदयको हठीपनामा लागिरहे। करारका सबै भागहरू पालन गर्नू भनी मैले आज्ञा गरेको थिएँ, तर तिनीहरूले सो पालन गर्न इन्कार गरे। त्यसैले करारका सबै श्रापहरू मैले तिनीहरूमाथि ल्याएँ’।” Viz kapitolaपवित्र बाइबल8 तर तिनीहरू हठ्ठी थिए मेरो कुराहरूलाई कुनै महत्व नै दिएनन्। अनि तिनीहरूको दुष्ट मनले जे चितायो त्यही गरे। मैले तिनीहरूलाई करार-पत्रमा रहेका आज्ञाहरू पुरा गर्न आदेश दिएँ तर तिनीहरू मानेनन्, यसकारण त्यस करार-पत्रमा भनिएको सबै सजायहरू तिनीहरूलाई दिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर तिनीहरूले सुनेनन्, अथवा ध्यानै दिएनन्; बरु तिनीहरू आफ्नै दुष्ट हृदयको हठीपनामा लागिरहे। त्यसैले तिनीहरूले पालन नगरेको हुनाले मैले तिनीहरूलाई पालन गर्नलाई दिएको करारका सबै सरापहरू तिनीहरूमाथि ल्याएँ।’ ” Viz kapitola |