Online Bible

- Reklamy -




यशैयाको पुस्तक 9:7 - सरल नेपाली पवित्र बाइबल

7 उनको राज्‍य-शक्ति बढिरहनेछ, उनको राज्‍यमा सधैँ शान्‍ति रहनेछ। दाऊद राजापछि आउने राजा उनी नै हुनेछन्। न्‍याय र धर्ममा खडा भई अबदेखि उसो सदाका निम्‍ति उनले राज्‍य गर्नेछन्। सर्वशक्तिमान् परमप्रभुले आफ्‍नो जोशमा यी सबै गर्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 उहाँको शासन र शान्‍तिका वृद्धिको अन्‍त कहिल्‍यै हुनेछैन। दाऊदको सिंहासन र तिनको राज्‍यमाथि त्‍यसलाई न्‍याय र धार्मिकताको साथ स्‍थापित गरी स्‍थिर गराउन, त्‍यस बेलादेखि सदाको निम्‍ति उहाँले राज्‍य गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमप्रभुको जोशले यो पूरा गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँको शासन वृद्धि र शान्तिको अन्त्य हुनेछैन। उहाँले दावीदको सिंहासनमाथि र तिनका राज्यमाथि शासन गर्नुहुनेछ। उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ। सेनाहरूका याहवेहको जोशले यसलाई सम्पन्‍न गर्नेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 9:7

Následuj nás:

Reklamy


Reklamy