यशैयाको पुस्तक 9:3 - सरल नेपाली पवित्र बाइबल3 हे परमप्रभु, तपाईंले तिनीहरूलाई ठूलो आनन्द दिनुभएको छ। तपाईंले तिनीहरूलाई प्रसन्न गराउनुभएको छ। मानिसहरू अन्न बटुल्दा वा लुटका धन बाँड्दा जसरी रमाउँछन्, त्यसरी नै तपाईंले गर्नुभएको काममा तिनीहरू रमाउँछन् Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तपाईंले त्यस जातिको वृद्धि गराउनुभएको छ र तपाईंले तिनीहरूका आनन्द बढ़ाउनुभएको छ। कटनीको बेलामा मानिसहरू रमाएझैँ तिनीहरू तपाईंको सामुन्ने रमाउनेछन्, र लूटका माल बाँड्दा मानिसहरू खुशी भएझैँ तिनीहरू खुशी हुन्छन्। Viz kapitolaपवित्र बाइबल3 परमेश्वर, तपाईंकै कारणले गर्दा ती जातिहरूको वृद्धि हुने भयो। तपाईंले मानिसहरूलाई खुशी पार्नु भयो। अनि मानिसहरूले आफ्ना खुशीहरू तपाईंलाई देखाए। खेतमा बाली काट्ने बेलाको झैं त्यो खुशी रमाइलो हुनेछ। त्यो खुशी युद्धमा जितेर आ-आफ्नो भाग बाँडिने बेलाको आनन्द झैं हुनेछ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ; अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ; मानिसहरूले कटनीमा रमाएझैँ लुटको माल बाँड्दा रमाएझैँ, तिनीहरू तपाईंको सामु रमाउनेछन्। Viz kapitola |