यशैयाको पुस्तक 7:2 - सरल नेपाली पवित्र बाइबल2 अरामका सेना इस्राएल देशमा पसिसके भन्ने खबर पाएर यहूदाका राजा र सारा प्रजा यति साह्रो डराए कि तिनीहरू बतासले रूखहरू हल्लिएझैँ थरथरी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि “एफ्राइमले अरामसित सन्धि गर्यो” भन्ने समाचार दाऊदको घरानाकहाँ पुग्यो। वनका रूखहरू बतासले हल्लाएझैँ गरी आहाज र तिनका प्रजाका मन कामे। Viz kapitolaपवित्र बाइबल2 दाऊदको परिवारलाई एक समाचार भनियो। समाचार यस्तो थियो, “अरामको सैन्य र एप्रैमको सैन्य आपसमा सम्मिलित भए। दुवै सैन्यहरूले मिलेर शिविर बसाले।” जब राजा आहाजले त्यस्तो समाचार सुने, उनी स्वयं र उनका मानिसहरू अत्यन्त डराए। तिनीहरू हावा जोडले लाग्दा वनका रूखहरू हल्लिए जस्तो थर्थराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब दावीदको घरानालाई यसो भनियो, “अराम एफ्राइमसित मिलेको छ।” यसरी वनका रूखहरू बतासले हल्लाएझैँ आहाज र तिनको प्रजाको हृदय काँप्यो। Viz kapitola |